पहिरो प्रभावित इलाम जाँदै मन्त्रीद्वय अर्याल र घिसिङ

विराटनगर। भीषण वर्षापछि पहिरोबाट ठूलो क्षति भएको इलामको अवस्था बुझ्न सरकारका दुई मन्त्रीहरू आज सोमबार त्यसतर्फ जाने तयारीमा छन्।

मौसम अनुकूल भए गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ इलाम जाने कार्यक्रम रहेको छ।

उनीहरू काठमाडौंबाट झापाको भद्रपुरसम्म नियमित हवाई उडान मार्फत र त्यसपछि भद्रपुरबाट इलामको प्रभावित क्षेत्रसम्म हेलिकप्टर प्रयोग गरेर जाने तयारीमा रहेको जनाइएको छ।

भीषण वर्षा र पहिरोले इलाममा हालसम्म ३७ जनाको मृत्यु भइसकेको छ। कयौं मानिस घाइते छन्। राजमार्ग, पुल, जलविद्युत् आयोजना लगायतका महत्वपूर्ण भौतिक संरचनाहरू पूर्ण रूपमा भत्किएर क्षतविक्षत भएका छन्।

यसैबीच, सडकको दुरावस्थाका कारण जिल्ला प्रशासन कार्यालय इलामले मेची राजमार्गमा सवारी आवागमन बन्द गरिएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *