आज कोजाग्रत पूर्णिमा : महालक्ष्मी पुज्दै दशैं समापन

काठमाडौँ। आज सोमबार कोजाग्रत पूर्णिमा पर्व मनाइँदैछ। आजको दिन धनधान्यकी देवी महालक्ष्मीको विशेष पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक प्रचलन छ।

कोजाग्रत पूर्णिमासँगै नेपालीहरूको महान् चाड बडादशैं (१५ दिन लामो दुर्गा पक्ष) समाप्त हुन्छ।

धार्मिक विश्वासअनुसार पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मीले जाग्राम बस्ने मानिसका घरमा प्रवेश गरी ऐश्वर्य दिई सम्पन्न बनाउँछिन्। यसैले यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, आज बेलुकी ुअखिल बलि पूर्तिु नभएसम्म देवीको प्रसादको रूपमा दशैंको टीका र जमरा लगाउनु शास्त्रसम्मत हुन्छ।

बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद र जमराको अवशेषलाई नदी, तलाउ वा तीर्थस्थलमा लगेर विसर्जन गर्ने गरिन्छ।

आजदेखि दशैंको बिदा सकिने र भोलिदेखि कात्तिक स्नान र आकाशदीप दान गर्ने प्रचलन सुरु हुनेछ। यसलाई तिहारको तयारीको रूपमा पनि लिने गरिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *