आन्दोलनका क्रममा ७३ जनाको ज्यान गएको पुष्टि

काठमाडौँ। जेन-जी आन्दोलनका क्रममा ७३ जनाको मृत्यु पुष्टि भएको छ। नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार भदौ २३ र २४ गते भएको प्रदर्शन र त्यसपछिका घटनाहरूमा उनीहरूले ज्यान गुमाएका हुन्।

आन्दोलनका क्रममा तीनजना प्रहरी कर्मचारीको मृत्यु भएको छ। उनीहरूमा असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापा छन्।

यसैगरी, नयाँ बानेश्वरमा भएको झडपमा प्रहरीको गोली लागेर २१ जना प्रदर्शनकारीको ज्यान गएको छ। यसमा बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, ईस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी लगायतका छन्।

भदौ २४ गते भएको लुटपाट र आगजनीको घटनामा ३८ जनाको मृत्यु भएको छ। भाटभटेनी सुपरमार्केट र केही व्यक्तिको घरमा जलेको अवस्थामा १५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *