जेन-जी आन्दोलनका मृतकलाई शहीद घोषणा, परिवारलाई १० लाख राहत

काठमाडौं। जेनजी युवाको आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सरकारले शहीद घोषणा गरेको छ।

प्रधानमन्त्री सुशीला कार्कीले आज आइतबार पदभार ग्रहण गर्दै मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णयमा हस्ताक्षर गरेकी छन्।

सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनका क्रममा ७२ जनाको ज्यान गएको छ। तीमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *