‘भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गरी जेल हाल्नुहोस्’

काठमाडौँ। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले प्रधानमन्त्री सुशीला कार्कीसँग एक हप्ताभित्र भ्रष्टाचारीहरूलाई अभियोगसहित उनीहरूको सम्पत्ति राष्ट्रियकरण गरी मुद्दा चलाएर जेल हाल्न माग गरेका छन्। सामाजिक सञ्जालमा एक भिडियो सन्देशमार्फत हमालले नयाँ सरकारसमक्ष केही महत्त्वपूर्ण मागहरू राखेका छन्।

हमालको भनाई

नमस्कार

म धनगढी उपमहानगरपालिकाको नगर प्रमुख गोपाल हमाल।

सर्वप्रथम प्रधानमन्त्रीमा नियुक्त हुनुभएको सम्माननीय सुशीला कार्कीज्यूलाई हार्दिक बधाई दिन चाहन्छु।

र साथै नेपालले पहिलो महिला प्रधानन्यायाधीश पनि सुशीला कार्कीज्यूबाटै प्राप्त गरेको थियो भने पहिलो प्रधानमन्त्री, महिला प्रधानमन्त्री पनि सुशीला कार्कीज्यू भएको छ। त्यसकारण एउटा इतिहास रच्नुभएको छ।

अब इतिहास रच्ने पालो हो । मुख्य कुरा यो देशमा बेरोजगारी सिर्जना हुनु र विधिको शासन नहुनु मुख्य भनेको भ्रष्टाचार हो। जेन्जीको आन्दोलन पनि मुख्य विषय यही नै थियो। भ्रष्टाचार रहेसम्म सुशासन हुँदैन। सुशासन नभएसम्म देशले प्रगति गर्दैन।

तसर्थ, एक हप्ताभित्र कम्तीमा भ्रष्टाचारीहरूलाई अभियोगसहित यिनको सम्पत्ति राष्ट्रियकरण गर्ने, यिनीहरूलाई अभियोग चलाउने, मुद्दा चलाउने, यिनीहरूलाई जेलमा हाल्ने काम गरियोस् भन्ने माग गर्न चाहन्छु ।

साथै शहीदको आँकडा एकदमै गलत आएको छ। कसैले भन्छ १०० जना भयो यिनीहरू बिते, तर ५१ को मात्रै आएको छ अहिले। सरकारले पुष्टि गरोस्। कहाँ–कहाँ, कुन–कुन जिल्ला, कुन–कुन ठाउँको व्यक्ति को-को कहाँ शहादत प्राप्त गरेँ ? त्यसको सार्वजनिक गर्न पनि अनुरोध गर्न चाहन्छु ।

अहिले घाइतेहरू के अवस्थामा छन् ? उनको उपचारको लागि के भइराछ ? कस्तो भइराछ ? कति जना खतरामुक्त छन् ? कति जना चाहिँ वास्तवमा सिरियस छन् ? एउटा अन्योलको वातावरण सिर्जना भएको हुनाले नयाँ अन्तरिम सरकारको प्रमुख, प्रधानमन्त्रीज्यूलाई अनुरोध पनि गर्न चाहन्छु कि यो पनि सार्वजनिक होस् ।

यो कार्यमा सफलता मिलोस् भन्ने शुभकामना पनि दिन चाहन्छु। नमस्कार !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *