सुशीला कार्की प्रधानमन्त्री

काठमाडौं। नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की अवकाशको करिब आठ वर्षपछि देशको पहिलो महिला प्रधानमन्त्री बनेकी छन्।

कानुन व्यवसायबाट आफ्नो करियर सुरु गरेकी उनी सर्वोच्च अदालतको न्यायाधीश बनेकी थिइन्। हक्की र इमान्दार स्वभावका कारण चर्चामा आएकी पूर्वप्रधानन्यायाधीश कार्कीले देशको संवेदनशील एवं महत्वपूर्ण परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी पाएकी छन्।

जेन-जीको प्रदर्शनका बेला भएको क्षतिग्रस्त संरचनाबाट मुलुकलाई नेतृत्व प्रदान गरेर निर्वाचनमार्फत् आउने नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी उनको काँधमा छ।

राजनीतिक विकृति र विसंगतिप्रति खरो टिप्पणी गर्ने कार्कीको नाममा आन्दोलनकारी जेनजीका प्रतिनिधिदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन र प्रमुख राजनीतिक दलहरूले सहमति दिएका हुन्।

जेन-जीको प्रदर्शनपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कार्की अन्तरिम सरकारको प्रमुख भएकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शुक्रबार साँझ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

युवाहरूले सोमबार र मंगलबार बेथिति भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध काठमाडौँसहित देशभर प्रदर्शन गरेका थिए। त्यस क्रममा प्रहरी दमनमा परी प्रदर्शनकारी समेत गरी ५१ जनाको ज्यान गएको थियो।

* * *

वकालतदेखि प्रधानन्यायाधीश हुँदै पहिलो महिला प्रधानमन्त्री


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *