प्रधानसेनापति भेट्न पुगे हर्क साम्पाङ र दुर्गा प्रसाईं

काठमाडौं। जेन-जी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिको निकास खोज्न विभिन्न पक्षबीच संवाद तीव्र भएको छ। आज बुधबार नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा जेन–जी प्रतिनिधिहरूसँगै दुर्गा प्रसाईं र धरानका मेयर हर्क साम्पाङ पनि पुगेका छन्।

प्रसाईंले अपराह्न प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन्। भेटपछि प्रसाईंले देशको पछिल्लो अवस्था र भावी मार्गबारे गहिरो छलफल भएको बताएका छन्।

उनले आफूलाई नेतृत्वको कुनै मोह नरहेको र देशले जसरी निकास पाउँछ, त्यही नै आफ्नो प्राथमिकता भएको बताएका छन्। प्रसाईंले बालेन्द्र शाह वा सुशीला कार्की जसको नेतृत्वमा पनि नागरिक सरकार गठन भए आफूलाई स्वीकार्य हुने धारणा राखेका छन्।

यस्तै, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि जङ्गीअड्डा पुगेका छन्। उनको भेटवार्ताबारे भने विस्तृत केही सार्वजनिक भइसकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *