मोरङ कारागारबाट कैदीबन्दी भगाउने प्रयास रोक्न प्रहरीले चलायो गोली

विराटनगर। जिल्ला कारागार मोरङमा कैदीबन्दीहरूलाई छुटाउन आएको करिब २-३ सय जनाको समूहलाई प्रहरीले नियन्त्रणमा लिन बुधबार हवाई फायर गरेको छ।

कारागारको मुख्य गेटमा भेला भएका उनीहरूले कैदीबन्दीहरूलाई रिहा गर्नुपर्ने माग राख्दै नाराबाजी गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १५ राउण्डभन्दा बढी हवाई फायर गरेको हो।

हवाई फायरपछि कैदीबन्दी छुटाउन पुगेको भीड तितरबितर भएको प्रहरीले जनाएको छ। घटनापछि कारागारको सुरक्षा व्यवस्था अझ कडा पारिएको छ। सुरक्षाका लागि डीएसपीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *