पशुपतिनाथ क्षेत्रमा अराजक समूह पुगेपछि सेनाद्वारा सुरक्षा

काठमाडौं। पशुपतिनाथ मन्दिर क्षेत्रमा एक अराजक समूह पुगेपछि* नेपाली सेनाको टोली परिचालन गरिएको छ।

सैनिक मुख्यालयका अनुसार सुरक्षाका लागि टोली परिचालन गरिएको छ। यसैबीच, जेन-जी आन्दोलनका अगुवाहरुले प्रदर्शनमा घुसपैठ भएको दाबी गरेका छन्।

उनीहरुले कुनै अराजक समूह पशुपतिनाथमा पुगेको तर आफूहरुको संलग्नता नरहेको बताएका छन्।

यसैबीच, पशुपतिनाथ परिसरमा रहेका डा. स्वामी केशवानन्दले सेनाले सुरक्षा दिइरहेको जनाएका छन्। उनले भनेका छन्, ‘हामी पशुपतिमा नै छौँ। भित्र नेपाली सेनाले सुरक्षा दिएको छ। शङ्कराचार्य मठमा हाम्रा छात्रहरू रातभरि चनाखो रहने छन्। बाहिर स्थानीय जनताहरू जम्मा भएर बसेका छन्।’

*यसअघि अन्यथा भएकोमा सच्याइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *