दुई जना आन्दोलनकारीको मृत्यु

काठमाडौं। वीर अस्पताल उपचारका लागि लगिएका दुई जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो अस्पताल लगिएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो।

मृतकको पहिचान खुलेको छैन। केहीको गम्भीर घाइते अवस्थामा उपचार भइरहेको छ। जेन-जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या २१ पुगेको छ।

काठमाडौंमा सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा १७ जनाको मृत्यु भएको थियो। यस्तै, सुनसरीको इटहरीमा दुई जनाको मृत्यु भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *