जेन-जी पुस्ताअघि झुके ओली, दिए राजीनामा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। जेन-जी आन्दोलन नियन्त्रणबाहिर गएर ठूलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन्।
उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएका हुन्। बेथिति र भ्रष्टाचारको विरोधमा उत्रिएका जेन–जीहरुले सोमबार प्रदर्शन गरेका थिए। प्रदर्शनमा सरकारी दमन हुँदा १९ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया
