सुपरहेवा हाइड्रोपावरमा करेन्ट लागेर मजदुरको मृत्यु

सङ्खुवासभा। सङ्खुवासभाको चैनपुर नगरपालिका-४ स्थित सुपरहेवा हाइड्रोपावरमा काम गर्ने एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक, पनौती नगरपालिका–१ का २९ वर्षीय क्रान्ति तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश लिम्बूले जानकारी दिए।

शनिबार दिउँसो विद्युत् पोल नजिकै रुखको हाँगा काट्ने क्रममा तामाङलाई करेन्ट लागेको थियो। गम्भीर घाइते भएका उनको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र, चैनपुर पुर्याइए पनि उनको त्यहीँ मृत्यु भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *