सामाजिक सञ्जालमा टेलिकम र एनसेलले लगाए रोक

काठमाडौं । दर्ता नभई सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूलाई सरकारले बन्द गर्ने निर्णय गरेपछि नेपाल टेलिकम र एनसेलले बिहीबार रातिदेखि ती प्लेटफर्महरूमा पहुँच रोक लगाएका छन्।

नेपाल टेलिकमले जारी गरेको सूचनामा सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय र सामाजिक सञ्जाल प्रयोग व्यवस्थापन निर्देशिका, २०८० अनुसार दूरसञ्चार प्राधिकरणबाट प्राप्त निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय गरिएको जनाएको छ। टेलिकमका अनुसार यी सञ्जालहरू पुनः सञ्चालनमा ल्याउने विषय दूरसञ्चार प्राधिकरणको आगामी निर्देशनमा निर्भर रहनेछ।

त्यसैगरी, एनसेलले पनि सरकारद्वारा रोक लगाइएका सञ्जालहरू मोबाइल डाटाबाट नचल्ने जानकारी दिँदै प्रयोगकर्ताहरूसँग असुविधाका लागि माफी मागेको छ। सरकारले हालसम्म दर्ताका लागि निवेदन नदिएका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्ने निर्णय गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *