सरकारलाई आग्रह: सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता गरियोस्

काठमाडौं। सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासंघले यसप्रति असहमति जनाएको छ। महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यो कदमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको हकलाई प्रभावित पार्ने बताएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हामी सामाजिक सञ्जालको नियमनको पक्षमा छौँ, तर प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई असर पार्ने कुनै पनि कदम हामीलाई स्वीकार्य छैन।”

महासंघले सरकारलाई तत्काल नियन्त्रण हटाउन र यस विषयमा सम्बन्धित पक्षसँग छलफल गर्न जोडदार माग गरेको छ। महासंघको भनाइअनुसार, सामाजिक सञ्जाल बन्द गर्दा नागरिकहरू सूचनाबाट वञ्चित हुनेछन्, जुन लोकतान्त्रिक समाजका लागि राम्रो होइन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *