एकै जनाले तीन पटक चिट्ठा जितेर करोडौँको ह्याट्रिक !

अन्टारियो। क्यानाडाको सुरे मेरीकी बासिन्दा क्यारोल च्लेबसले तेस्रो पटक चिट्ठामा ठूलो रकम जितेर सबैलाई चकित पारेकी छिन्। यस जितलाई उनले ‘अविश्वसनीय क्षण’ भनेकी छन्।

हालै उनले ओएलजीको इन्स्ट्यान्ट पेलाइन मल्टिप्लायर गेममा १ लाख क्यानेडियन डलर (करिब १ करोड रुपैयाँ) को बम्पर पुरस्कार जितेकी हुन्। ५९ वर्षीया च्लेबसले यसअघि पनि दुई पटक ठूलो रकम जितेकी थिइन्।

उनले सन् २०१८ मा इन्स्ट्यान्ट ज्याक फ्रस्टबाट १ लाख डलर र सन् २०२२ मा इन्स्ट्यान्ट गेम अफ लाइफबाट २ लाख ५० हजार डलर जितेकी थिइन्। उनी नियमित रूपमा लटरी खेल्ने गर्छिन्।

उनले स्थानीय सञ्चार माध्यममा प्रतिक्रिया दिँदै भनेकी छन्, “म स्टोरमा टिकट किन्न गएकी थिएँ। त्यहाँ नयाँ गेम देखेर मैले टिकट किन्ने निर्णय गरें। घरमा आएर टिकट स्क्र्याच गरेर जाँच गर्दा विश्वासै लागेन।” तेस्रो पटक पनि चिट्ठा जित्दा उनको तत्कालको प्रतिक्रिया थियो, “हे भगवान, फेरि?”

च्लेबसले यो रकमले आफ्नी छोरीलाई सहयोग गर्ने, छुट्टीमा घुम्न जाने र आरामदायी जीवन बिताउने योजना बनाएकी छिन्। यसैगरी, अल्बर्टाका अर्का एक व्यक्तिले पनि तीनपटक चिट्ठा जितेका थिए।

नेपाल टच बाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *