गोरखामा ४ म्याग्निच्युडको भूकम्प

काठमाडौं। गोरखा जिल्लाको हंसपुर आसपास केन्द्रविन्दु भएर आज बिहान सवा ६ बजे भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार यसको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको छ।

भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भएको जानकारी भने अहिलेसम्म आएको छैन। प्रहरीले सबै सम्बन्धित युनिटहरूसँग सम्पर्क गरेर क्षतिको विवरण बुझ्ने काम गरिरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *