घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले घटेको मूल्य सोमबारदेखि लागू हुने जानकारी दिएको हो।
निगमका अनुसार, डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) मा प्रतिकिलोलिटर ७ अमेरिकी डलरले मूल्य घटाइएको छ।
यद्यपि, अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आए पनि नेपालमा पेट्रोल र एलपी ग्यासको बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।
प्रतिक्रिया
