झी पुचः विराटनगरमा शरद श्रेष्ठको नेतृत्व

विराटनगर। झी पुचः (नेपाल भाषा तथा सांस्कृतिक संघ) विराटनगरको ३१औं साधारणसभाले नयाँ पदाधिकारी निर्विरोध निर्वाचित गरेको छ।

साधारणसभाले आगामी कार्यकालका लागि अध्यक्षमा शरद श्रेष्ठलाई चयन गरेको छ। यसअनुसार रिना कर्माचार्य श्रेष्ठ ‘फर्स्ट लेडी’ बनेकी छन्।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुरेशलाल श्रेष्ठ र उपाध्यक्षमा सुवासकुमार अमात्य चयन भएका छन्। त्यस्तै, महासचिवमा सञ्जय श्रेष्ठ, कोषाध्यक्षमा सुरज श्रेष्ठ, सहकोषाध्यक्षमा हरिमोहन श्रेष्ठ, र सचिवमा सञ्जु शाक्य चयन भए।

समितिका सदस्यहरूमा उदय डंगोल, संजित श्रेष्ठ, जिना श्रेष्ठ, सुनिता बज्राचार्य, निश्चल श्रेष्ठ, आशिष श्रेष्ठ, मनोज श्रेष्ठ, राजकुमार श्रेष्ठ, कविता श्रेष्ठ, र संयम श्रेष्ठ छन्।

नवनिर्वाचित समितिको सल्लाहकारका रूपमा डा. सन्देश दास श्रेष्ठलाई मनोनयन गरिएको छ।

संस्थाका पूर्वअध्यक्ष नारायणप्रसाद श्रेष्ठको प्रमुख आतिथ्य तथा निवर्तमान अध्यक्ष भविसकुमार श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा पूर्वअध्यक्ष बुद्धरत्न श्रेष्ठ, सल्लाहकार लुना श्रेष्ठ, निर्वाचन समिति संयोजक राजन श्रेष्ठ, सहसंयोजक हरिबहादुर श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *