लुना लुइँटेल बनिन् ‘मिस नेपाल २०२५’

काठमाडौँ। २५ प्रतिस्पर्धीलाई पछि पार्दै २६ वर्षीया लुना लुइँटेलले मिस नेपाल २०२५ को उपाधि जितेकी छिन्। द हिडन ट्रेजरले आयोजना गरेको ३१औँ संस्करणको मिस नेपालमा उनलाई ‘मिस नेपाल वर्ल्ड २०२४’ आश्मा कुमारी केसीले ताज पहिराइदिइन्।

नर्सिङमा स्नातकोत्तर अध्ययन गरिसकेकी लुना यसअघि सन् २०१५ मा मिस टिनको पहिलो उपविजेता बनेकी थिइन्।

यसैगरी, दीपशिखा नेपाल ‘फर्स्ट रनरअप’ बनिन् भने उरुषा भण्डारी ‘सेकेण्ड रनरअप’ बन्न सफल भइन्।

‘मिस नेपाल अर्थ’ को उपाधि सोनी घलेले जितिन्। ‘मिस कन्फिडेन्ट’ प्रज्ञिका क्षेत्री, ‘मिस टाइमलेस एलिगेन्स’ र ‘रियल मिस पपुलर च्वोइस’ उपाधि उरुषा भण्डारीले जितिन्।

यस्तै, ‘डाबर बाटिका मिस ब्यूटिफूल हेयर’ उपाधि साइच्छा थापा, ‘मिस हेल्दी स्किन’ आरती थापा, ‘एनसेल मिस ब्यूटी विथ पर्पज’ श्रृष्टिकुमारी तामाङ र ‘मिस फोटोजेनिक’ उपाधि स्मृति श्रेष्ठले जितिन्।

गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भएको ‘ग्रान्ड फिनाले’ मा १२ जनाबाट शीर्ष ४ जना छानिएका थिए। उनीहरूलाई सौन्दर्य प्रतियोगितासम्बन्धी धारणाबारे प्रश्न सोधिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *