अनुसन्धान विभागमा खुल्यो रोजगारीको अवसर (हेरौं विस्तृत)
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले नेपाल विशेष सेवाअन्तर्गत ९० जना नयाँ जनशक्तिको माग गरेको छ। विभागले शुक्रबार सूचना जारी गर्दै अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान गरेको हो।
विभागका अनुसार यसपटक अनुसन्धान अधिकृत पदमा ४० जना र अनुसन्धान सहायक पदमा ५० जना कर्मचारी माग गरिएको छ।
योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले असोज १२ गतेसम्म नियमित शुल्कमा आवेदन दिन सक्नेछन्। त्यस अवधिमा नभ्याउनेले दोब्बर दस्तुर तिरेर असोज १९ गतेभित्र आवेदन दिन सकिने व्यवस्था छ। यो अवसरले राष्ट्रिय सेवामा प्रवेश गर्न चाहने युवाहरूका लागि महत्वपूर्ण ढोका खोलेको छ।

प्रतिक्रिया
