हिमानी ट्रस्टको शिविरमा ३५७ जनाको परीक्षण र उपचार

विराटनगर। पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं शुभजन्मोत्सवको अवसरमा हिमानी ट्रस्ट स्वयंसेवक परिवार, मोरङले एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।

एच एण्ड सी पोलिक्लिनिक विराटनगर-९ को सहकार्यमा शनिबार मोरङको ग्रामथान गाउँपालिका-५ स्थित विद्या मन्दिर आधारभूत विद्यालयमा उक्त शिविर सम्पन्न भएको हो।

शिविरमा ३५७ जना स्थानीय बासिन्दाको निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको थियो। उक्त शिविरमा थाइरोइड फङ्सन टेस्ट, लिभर फङ्सन टेस्ट, पल्मोनरी फङ्सन टेस्ट र रक्तचाप  जस्ता परीक्षणहरू पनि गरिएको थियो।

यस किसिमका स्वास्थ्य शिविरले ग्रामीण भेगका नागरिकहरूलाई स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन मद्दत पुग्ने र सामाजिक कल्याणका कार्यहरूमा निजी संस्था तथा स्वयंसेवकहरूको सहभागिताले सकारात्मक प्रभाव पार्ने अपेक्षा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *