नेपालको लगातार दोस्रो जित, मेलबर्न ३३ रनले पराजित

काठमाडौं। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो जित प्राप्त गरेको छ।बुधबार भएको खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो।

नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको रेनेगेड्स २० ओभरमा १०६ रनमा अलआउट भयो। रेनेगेड्सका लागि अर्जुन नायरले २६ रन बनाएका थिए। नेपालका सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै १७ रन खर्चेर ५ विकेट लिए। यसबाहेक, कुशल भुर्तेलले २ विकेट र रुपेश सिंह, दिपेन्द्रसिंह ऐरी तथा शाहब आलमले १-१ विकेट लिएका थिए।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो। नेपालका लागि कुशल मल्लले २९ रन र कप्तान दिपेन्द्रसिंह ऐरीले २७ रन बनाए। यस्तै, लोकेश बमले २४ रन, भीम सार्कीले १७ रन, र आरिफ शेख र रुपेश सिंहले समान १२ रन बनाएका थिए।

नेपालले अहिलेसम्म खेलेका ५ खेलमध्ये सुरुका ३ खेलमा पराजित भए पनि पछिल्ला २ खेलमा जित हात पारेको छ। मंगलबारको खेलमा नेपालले होबार्टलाई ६६ रनले हराएको थियो।

अहिले नेपाल ५ खेलबाट ४ अंक जोडेर सातौं स्थानमा छ। अब नेपालले शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *