विराटनगरका मनीष बने अफगानिस्तानको गोलकिपर प्रशिक्षक

विराटनगर। विराटनगरका मनीष तिम्सिनालाई अफगानिस्तानको राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा नियुक्त गरिएको छ। यो नियुक्तिको खबर उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

मनीष विदेशी राष्ट्रिय टोलीलाई प्रशिक्षण दिने पहिलो नेपाली प्रशिक्षक बनेका छन्। उनी एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली प्रशिक्षक पनि हुन्।

तिम्सिनालाई नियुक्त गर्ने निर्णय अफगानिस्तानको फुटबल टोलीका मुख्य प्रशिक्षक भिसेन्जो एनेसले गरेका हुन्। एनेस नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक पनि हुन्।

यसअघि उनले भारतको गोकुलम केरेला र नेपालको राष्ट्रिय फुटबल टोलीमा पनि गोलकिपर प्रशिक्षकको भूमिकामा काम गरिसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *