बाढीले मोटरसाइकलसहित बुबा-छोरीलाई बगायो, छोरी बेपत्ता

विराटनगर। मदन भण्डारी लोकमार्गको दुध खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाउँदा बुबा छोरीलाई बगाएको छ। छोरी बेपत्ता भएकी छन्। उनका बुबा सिकिस्त घाइते भएका छन्।

उदयपुरबाट शुक्रबार दिउँसो चतरातिर आउँदै गर्दा मोटरसाइकलमा सवार धरान–१६ का ४३ वर्षीय जीवन राई र उनकी १९ वर्षीया छोरी अनिता राईलाई बाढीले बगाएको थियो।

अनिता बेपत्ता भएकी छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनको खोजी गरिरहेका छन्।

जीवनलाई घाइते अवस्थामा उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएर उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *