आज भारी वर्षाको सम्भावना

विराटनगर। मनसुनको सक्रियता बढिरहेकाले केही प्रदेशमा आज मंगलबार भारी वर्षा हुन सक्ने अनुमान छ। मनसुनको न्यून चापीय रेखा नेपालको नजिकै भएकाले देशभर बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहानै कतिपय ठाउँमा पानी परिरहेको छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँ र कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो देशभर सामान्यतया बदली हुनेछ। पहाडी क्षेत्रका धेरै ठाउँमा र मधेशलगायत तराईका केही ठाउँमा मध्यम खालको पानी पर्ने सम्भावना छ।

महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी क्षेत्रमा भने भारी वर्षाको पनि सम्भावना छ। आज राति पनि देशभर पूर्णतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा मध्यम वर्षा हुनेछ।

कोशी, मधेश र बागमती प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको र गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *