नेपालले साउदी अरेबियालाई हरायो

काठमाडौँ। महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियालाई हराएको छ। भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज शुक्रबार भएको खेलमा नेपालले साउदी अरेबियालाई १–० गोलले हरायो।

नेपालकी शुक्रिया मियाँले खेलको ९०औं मिनेटमा गोल गरिन्। यसअघि खेलको ३६औं मिनेटमा पाएको पेनाल्टी नेपालले सदुपयोग गर्न सकेन। मीना देउवाले प्रहार गरेको पेनाल्टी बारमा लागेको थियो।

प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टोली भूटानसँग १–१ गोलको बराबरी खेलेको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा आइतवार बलियो टोली उत्तर कोरियासँग खेल्नेछ।

३२ देशको सहभागिता रहेको छनोटमा आठ समूह छन्। हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आउँदो वर्ष थाइल्यान्डमा हुने २० वर्षमुनिको एसिया कपमा सहभागिता जनाउने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *