पाँचथरमा हराएका दाजुबहिनी मृत फेला परे

विराटनगर। पाँचथरको याङवरक–१, च्याङथापुका पाँच दिनदेखि हराइरहेका दाजुबहिनी मृत अवस्थामा भेटिएका छन्। उनीहरूको शव मंगलबार याङवरक–१ मा रहेको बिरुवा खोलामा फेला परेको हो।

स्थानीय बिर्ख राईका ९ वर्षीय छोरा शिशिर र ६ वर्षीया छोरी नानुमा साउन १५ गते शुक्रबारदेखि हराइरहेका थिए। वडाध्यक्ष राजेन्द्र खालिङका अनुसार उनीहरू हजुरबुबा–हजुरआमासँग बिरुवास्थित आफ्नो घरमा बस्दै आएका थिए।

साउन १४ गते साँझ उनीहरू आफ्ना बुबाको घरमा गएका थिए। तर, बुबालाई नभेटेपछि छिमेकी कलम बान्तावाको घरमा बास बसेका थिए। त्यसको भोलिपल्टसाउन १५ गते शुक्रबार हजुरबुबा–हजुरआमाको घर फर्कन भन्दै हिँडेपछि उनीहरू सम्पर्कविहीन भएका थिए।

निरन्तर चार दिनसम्म खोजी गरेपछि मंगलबार बिहान उनीहरूको शव बिरुवा खोलामा भेटिएको वडाध्यक्ष राईले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी कौशलकुमार बुढाथोकीका अनुसार बालबालिका हराएको खबर पाएलगत्तै प्रहरी र स्थानीयले खोजी सुरु गरेका थिए। खोजीका क्रममा खोलामा दुवै बालबालिकाको शव भेटिएको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *