कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी पास

काठमाडौं। कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

बोर्डका अनुसार ३८.८३ विद्यार्थी ‘ननग्रेडेड’ भएका छन्। गत ११ वैशाखका लागि तय भएको परीक्षा शिक्षक कर्मचारीको आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो।

परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *