कक्षा १२ को नतिजा आज आउँदै

काठमाडौं । कक्षा १२ को नतिजा आज सोमबार सार्वजनिक हुँदैछ । नतिजा सार्वजनिक गर्नका लागि परीक्षा बोर्डको बैठक साँझ ५ बजे बस्ने भएको छ।

आइतबार परीक्षा प्रकाशनको अन्तिम तयारीको काम गरिएको थियो। साउन १५ भित्र नतिजा सार्वजनिक हुनुपर्ने भए पनि गत चैत २० गतेदेखि २९ दिन लामो शिक्षक आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको हो ।

आन्दोलनका कारण परीक्षा पनि ढिलो भएको थियो। वैशाख ११ गतेका लागि तय भएको परीक्षा आन्दोलनका कारण वैशाख २१ गतेदेखि सञ्चालन भएको थियो।

परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *