प्रेम बरालले क्यानाडामा जिते चिट्ठाबाट ६९ लाख रुपैयाँ

टोरन्टो। क्यानाडाको ब्राम्पटनमा बस्ने नेपाली मूलका प्रेम बरालले चिट्ठाबाट ६८ हजार ७१५ क्यानेडियन डलर (६९ लाख रुपैयाँभन्दा बढी) जितेका छन्। मे २४ मा खोलिएको चिट्ठामा उनले यति रकम जितेका हुन्।

अन्टारियो लोटरी एण्ड गेमिङ कर्पोरेशनले विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो। बरालले रकम जितेपछि विजेता हुन पाउँदा खुसी र धन्य महसुस गरेको प्रतिक्रिया दिएका छन्।

उनले ‘ओएलजी एप’ मा आफ्नो टिकट जाँच गर्दा रकम जितेको थाहा पाएका थिए। ५५ वर्षीय बरालले सुरुमा आफूलाई पत्यार नलागेको तर दोहोर्याएर जाँच गर्दा रकम जितेको पक्का भएको बताएका छन्।

त्यसपछि उनले आफ्नो छोरालाई टिकट दोहोर्याएर जाँच गर्न आग्रह गरेका थिए। पेसाले शेफ रहेका बरालले विगत तीन वर्षदेखि ओएलजीको चिट्ठा खेल्दै आएका छन्। उनले जितेको टिकट किचनरको सोबिजमा किनेका थिए।

-नेपाल टच बाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *