स्रष्टाहरूमाझ तिज विशेष रचना वाचन

विराटनगर। नोबेल साकोसको मासिक साहित्यिक कार्यक्रमअन्तर्गत तिज विशेष रचना वाचन गरिएको छ। त्यस अवसरमा विभिन्न भाषा भाषीका रचना पनि सुनाइएको थियो।

नाटक निर्देशक प्रयाग न्यौपाने, मैथिली नाट्य संस्थाका अध्यक्ष डोमी कामत, कोशी साहित्य प्रतिष्ठानका सचिव नवराज पोखरेल नवशिला, साहित्यकारहरु पुण्य चौलागाई, चुडामणि घिमिरे, राधा भट्टराई, राधा सुवेदी, नानुमैया दाहाल, कर्ण सञ्जय लगायतले रचना सुनाएका थिए।

यसैगरी सर्जकहरू सुरेश अग्रवाल, केशव रिजाल, जेबी खत्री ऋषि तिवारी, इन्द्र न्यौपाने, गोपाल निर्भिक, उमानाथ भट्टराई, भक्ति दाहाल, एलपी पराजुली, भोला दाहाल, गीतादेवी पोखरेल, प्रिन्स प्रमोद ढकाल, उद्धव केशी, सुजाता राई लगायतले पनि आफ्नो रचना सुनाएका थिए।

दाहाल प्रतिष्ठानको सभाहलमा शाखाकी अध्यक्ष मञ्जु घिमिरे दाहालको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो।सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल प्रमुख अतिथिका रुपमा सहभागी थिए।

विशिष्ट अतिथिहरूमा चारु प्रतिष्ठानका प्रमुख डा. देवी पन्थी, छन्द वाटिका नेपाल अध्यक्ष हरि कट्टेल, संगम अभियानका सम्पादक रामबाबु दाहाल, विराटनगर प्रज्ञा प्रतिष्ठानका विभागीय प्रमुख शिव नारायण सिङ्गल, सिर्जनामा इनरुवाका सचिव रमेन्द्र कोइराला, झोराहाट नाट्य समूहका प्रमुख भरत गुरागाईं बर्बरिक, कोशी साहित्य कला प्रतिष्ठानका अध्यक्ष केशु विरही, दाहाल प्रतिष्ठानका सचिव चित्रप्रसाद दाहाल  साहित्यकार रोमु अधिकारी लगायत सहभागी थिए।

सहभागीहरूलाई संस्थाका उपाध्यक्ष भूपाल अधिकारीले स्वागत गरेका थिए भने सहसचिव रेणुका राईले कार्यक्रम सञ्चालन गरेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *