सूर्योदयका मुकेश गुरुङलाई ‘उत्कृष्ट कलाकार अवार्ड’
इलाम। कलाकार मुकेश गुरुङ चौथो ‘सिल्भर म्युजिक अवार्ड’ मा उत्कृष्ट कलाकारका रुपमा सम्मानित भएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई यो सम्मान गरिएको हो।
गुरुङले अभिनय गरेको ‘घरबार हाम्रो पुर्वैतिर हो’ बोलको गीत उक्त अवार्डका लागि मनोनयनमा परेको थियो। त्यही गीतबाट उनले पुरस्कार पाएका हुन्।
गीतमा मेलिना राई र कुमार प्रयास राईको स्वर छ। शान्तिराम राईको शब्दमा संगीतकार अनिल कोयु राईले संगीत भरेका छन्।
सूर्योदय नगरपालिकाको फिक्कलका गुरुङले हालसम्म १६ वटा गीतमा अभिनय गरिसकेका छन्। यसअघि उनले ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को पाँचौँ संस्करणमा अवार्ड जितेका थिए।
प्रतिक्रिया
