देशभर मनसुनको प्रभाव कमजोर, केही स्थानमा मध्यम वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

यसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागमा सामान्य बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली छ। बागमती प्रदेशका केही स्थानहरू तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो

देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। विशेषगरी, कोशी प्रदेशको तराई र मधेस प्रदेशमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले बताएको छ।

आज राति

राति कोशी प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको पहाडी र तराई भूभागका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानहरूमा पनि मध्यम वर्षा हुन सक्छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागहरूमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।

मनसुनी वायुको प्रभाव कमजोर भएकाले दिउँसोको समयमा गर्मी यथावत् रहने महाशाखाले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *