मध्यराति पल्टियो गाडी : दाजुको मृत्यु, भाइ सिकिस्त
काठमाडौँ। सिन्धुलीको सुनकोशी गाउँपालिकामा बिहीबार राति भएको दुर्घटनामा धर्मराज रेग्मीको मृत्यु भएको छ। उनका भाइ नीरज रेग्मी गम्भीर घाइते छन्।
काठमाडौँबाट बर्दिबासतर्फ जाँदै गरेको पिकअप गाडी मध्यराति बीपी राजमार्गको शीतलपाटीमा सडकबाट करिब ५०० मिटर तल खोँचमा खसेको थियो। गम्भीर घाइते धर्मराजलाई सुनकोशी सामुदायिक अस्पताल लगिएको थियो। चिकित्सकले बिहान २ः४५ बजे उनको मृत्यु भइसकेको जानकारी दिएका हुन्।
घाइते नीरजलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। गाडी उनैले चलाएका थिए। मृतकको शव अहिले पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
