एयर इन्डिया विमानमा आगलागी : कसरी जोगियो ठूलो दुर्घटना ?

काठमाडौँ। हङकङबाट भारतको नयाँ दिल्ली आएको एयर इन्डियाको एउटा विमानमा मंगलबार अवतरण लगत्तै आगलागी भएको छ। एयर इन्डियाको उडान नम्बर ‘एआई ३१५’ नयाँ दिल्लीस्थित विमानस्थलमा अवतरण गरी यात्रुहरू ओर्लने क्रममा विमानको सहायक पावर युनिटमा अचानक आगो लागेको थियो।

विमानमा आगलागी भए पनि तत्कालै प्रणालीले उक्त युनिटलाई बन्द गरिदिएका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको अधिकारीहरूले बताएका छन।् यो घटना विमानको सुरक्षा प्रणालीको सफलताको रूपमा पनि हेरिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

यसैबीच, एयर इन्डियाले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको छ। कम्पनीका अनुसार आगलागीपछि स्थिति तत्काल नियन्त्रणमा लिइएको थियो। आगलागीबाट विमानमा सामान्य क्षति पुगेको भए पनि विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरू सुरक्षित रहेको एयर इन्डियाले जानकारी दिएको छ।

यस घटनाले हवाई यात्राको सुरक्षाबारे पुनः एकपटक चासो बढाएको छ, यद्यपि सुरक्षा प्रणालीको प्रभावकारिताले ठूलो क्षति हुनबाट जोगाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *