कलेजको भवनमा विमान खस्दा १९ जनाको मृत्यु, १६४ घाइते
काठमाडौं। बंगलादेशको राजधानी ढाकामा सोमबार वायु सेनाको एक एफ७ विमान माइलस्टोन स्कुल तथा कलेजको भवनमा खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ।
वायु सेना अग्नि नियन्त्रण सेवा तथा नागरिक सुरक्षा विभागका महानिर्देशक ब्रिगेडियर जनरल मुहम्मद जाहेद कमालले यस दुर्घटनामा १६४ जना घाइते भएको जानकारी दिएका छन्।
घाइतेहरूको ढाकाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। अहिले पनि उद्धार कार्य जारी रहेको बीबीसी हिन्दीले जनाएको छ।
प्रतिक्रिया
