मोरङ र सुनसरीका खोलाहरूमा बाढी

विराटनगर। पूर्वी तराईका जिल्ला सुनसरी र मोरङमा मध्यम वर्षा भइरहेको छ। राति पूर्वका धेरै स्थानमा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा सुनसरीको तरहरा, मोरङको विराटनगर विमानस्थल, हरैचा र आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ।

विभागले आगामी घण्टाहरूमा थप वर्षा जारी रहने सम्भावना औँल्याएको छ। यसैगरी, सेउती, सर्दु, सुनसरी खोला, खेसलिया, चिसाङ, लोहन्द्रा लगायतका साना खोलानालाहरूमा आकस्मिक बहाव (फ्ल्यास फ्लड) बढ्न सक्ने भन्दै चेतावनी दिइएको छ।

विभागले होचा भू–भागहरूमा डुबानको जोखिम उच्च रहेको जनाएको छ। त्यसैले, नदी तटीय र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *