सेप्टिक ट्याङ्कीभित्र काम गर्दा ४ जना बेहोस, ३ गम्भीर

पाँचथर। पाँचथरको फाल्गुनन्द गाउँपालिका-५, घुर्बिसे पञ्चमी बजार नजिक निर्माणाधीन सहकारी भवनको सेप्टिक ट्याङ्कीमा काम गर्ने क्रममा चार जना कामदार बेहोस भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

बुधबार दिउँसो करिब ४ बजे ट्याङ्कीको सेटिङ खोल्न भित्र पसेका बेला अक्सिजनको कमीका कारण उनीहरू बेहोस भएका थिए।

बेहोस हुनेमा ३५ वर्षीय रतन चेम्जोङ, ४० वर्षीय विरू चेम्जोङ, २४ वर्षीय भिष्म चेम्जोङ र ३० वर्षीय सन्तोष चेम्जोङ रहेका छन्।

प्रहरीका अनुसार सन्तोषको अवस्था सामान्य छ भने अन्य तीन जनालाई थप उपचारका लागि झापा लगिएको छ।

घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी चौकी फाक्तेपको टोली र स्थानीयवासी घटनास्थल पुगेका थिए। उद्धारका लागि स्काभेटर प्रयोग गरी ट्याङ्कीको साइड फोरेर कामदारहरूलाई निकालिएको स्थानीय पत्रकार युद्धबहादुर बोहोराले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *