युएईको जेलमा रहेका १२० नेपालीको सजाय मिनाहा

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले त्यहाँका जेलमा रहेका १२० नेपालीको बाँकी सजाय माफ गरेको छ।

अबुधाबीस्थित नेपाली राजदूतावासले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै ईद अल अदाह को अवसरमा दिइएको आममाफीअन्तर्गत नेपालीहरूलाई सजाय मिनाहा गरिएको जानकारी दिएको हो।

विभिन्न कसुरमा जेल सजाय भोगिरहेका ती नेपालीलाई माफी दिएकोमा दूतावासले युएई सरकारप्रति आभार प्रकट गरेको छ।

युएई नेपाली कामदारका लागि प्रमुख गन्तव्य मानिन्छ। त्यहाँ हजारौं नेपाली निर्माण, सेवा र अन्य क्षेत्रमा कार्यरत छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *