त्रिशूली किनारमा खस्यो मिनी ट्रक

काठमाडौं । चितवनको भरतपुर-२९, सिमलतालबाट भारतको लखनउबाट आएको मेवा बोकेको मिनी ट्रक बुधबार बिहान त्रिशूली नदी किनारमा खस्दा दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ-मुग्लिङ सडक खण्डमा पर्ने सिमलतालबाट यूपी ३२ जेड एन ७८८३ नम्बरको मिनी ट्रक आफैं अनियन्त्रित भई करिब ८० मिटर तल त्रिशूली किनारमा खसेको हो।

दुर्घटनामा २१ वर्षीय चालक आशिक यादव र २० वर्षीय सहचालक उत्तर सिंह घाइते भएका छन्। दुबैको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मिनी ट्रक नारायणगढबाट काठमाडौँतर्फ आउँदै थियो। ट्रकमा मेवा लोड गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *