उदयपुरमा अस्पताल लैजाँदै गर्दा गर्भवतीको बाटोमै मृत्यु
फाइल तस्बिर
उदयपुर। त्रियुगा नगरपालिका-९ गैरुनकी एक गर्भवती महिलाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।
३० वर्षीया तारा गिरीलाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
श्रीमान् वैदेशिक रोजगारीमा रहेका गिरीको साथमा ८ वर्षीय छोरा मात्रै थिए। छिमेकीका अनुसार अस्पताल लैजान ढिलो भएकै कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ।
प्रहरी उपरीक्षक हरिहरनाथ योगीका अनुसार शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
प्रतिक्रिया
