छात्रालाई ‘मेरी जान’ भन्दै सन्देश पठाउने शिक्षक पक्राउ

रौतहट । रौतहटको गरुडा नगरपालिका–९ स्थित गम्हरिया श्रीपुर माध्यमिक विद्यालयका एक शिक्षक छात्रालाई आपत्तिजनक सन्देश पठाएको आरोपमा पक्राउ परेका छन्।

विद्यालयका शिक्षक रविन्द्रप्रसाद साहले हालै एसईई परीक्षा उत्तीर्ण गरेकी एक छात्रालाई ‘ह्याप्पी बर्थडे मेरी जान’ भन्ने सन्देश पठाएपछि विवाद उत्पन्न भएको हो। छात्राले उक्त सन्देश देखाएपछि उनका आफन्तहरू विद्यालयमा पुगेका थिए र आक्रोशित भीडले तोडफोड र शिक्षकमाथि कुटपिटसमेत गरेका थिए।

स्थिति तनावपूर्ण बनेपछि इलाका प्रहरी कार्यालय, गरुडाबाट खटिएको टोलीले अश्रुग्यास प्रयोग गरी भीड तितरबितर पार्नु परेको थियो। घटनापछि शिक्षक साहलाई प्रहरीले पक्राउ गरेको हो।

तोडफोड र प्रदर्शनका कारण विद्यालयको पठनपाठन प्रभावित भएको छ। पीडित छात्राका परिवारजनले शिक्षक साहमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।

इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर ओमप्रकाश यादवका अनुसार घटनासम्बन्धी अनुसन्धान जारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *