गोमेन्द्र कलेजमा बिए एलएलबी र एआइ कोर्स

झापा। झापा बिर्तामोडस्थित पुरानो र प्रतिष्ठित गोमेन्द्र बहुमुखी महाविद्यालयले आगामी शैक्षिक सत्रदेखि बिए एलएलबी र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को अध्यापन सुरु गर्ने भएको छ।

आइतबार पत्रकार सम्मेलन गर्दै कलेजका प्राचार्य डा. रुपकप्रसाद खनालले प्रविधिमा बढ्दो प्रयोगलाई ध्यानमा राख्दै एआई कोर्स सुरु गर्न लागिएको जानकारी दिए। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बीटेक इन एआई कार्यक्रममा आठ सेमेस्टरमा पढाइ हुनेछ र शुल्क ६ लाख २३ हजार रूपैयाँ निर्धारण गरिएको छ। उक्त कोर्समा ४८ जनाको भर्ना कोटा छ।

त्यसैगरी, कलेजले राजश्री जनक विश्वविद्यालयको सम्बन्धनमा बिए एलएलबी कार्यक्रम पनि सुरु गर्न लागेको छ। प्लस टुमा जुनसुकै विषय अध्ययन गरेका विद्यार्थीहरूले भर्ना पाउन सक्ने सो कोर्स १० सेमेस्टरको हुनेछ, जसको शुल्क ६ लाख रूपैयाँ तोकिएको छ। बिए एलएलबीमा ४० जनासम्म भर्ना गर्न सकिनेछ।

कलेजका अनुसार दुवै कार्यक्रममा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ भने प्रत्येक सेमेस्टरका टपर विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्तिको व्यवस्था गरिनेछ।

वि.सं. २०५३ मा स्थापना भएको गोमेन्द्र कलेजमा हाल बिसिए इन आइटी, बिबिए, एमबिए, एमसिए र एमसिए इन आइटी कार्यक्रमहरू सञ्चालनमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *