इलामको माईमा १५ शैय्याको अस्पताल

इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिका–९ शितलीमा १५ शैय्या अस्पतालको उद्घाटन गरे।

त्यही कार्यक्रममा उनले अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपूर्जा वितरण गरे र बृहत् खानेपानी आयोजनाको शिलान्यास पनि गरे।

माई नगरपालिकाका १७६ जना अव्यवस्थित बसोबासीले सो दिन धनीपूर्जा प्राप्त गरे।

कार्यक्रममा ओलीले विकास निर्माणको काम तीन तहको सरकारको समन्वयमा भइरहेकाले अब देखिएका अरु समस्यातर्फ अझ बढी ध्यान दिनुपर्ने बताए।

उनले मदन भण्डारी राजमार्ग माई नगरपालिकामार्फत जाने भएकाले स्थानीयले आधुनिक तरिकाले व्यावसायिक खेती र उत्पादन बढाउँदै बजार विस्तारतर्फ लाग्नुपर्नेमा जोड दिए।

कार्यक्रमको क्रममा नगरप्रमुख खम्बा सिंह लिम्बूले प्रधानमन्त्री ओलीलाई मागपत्र पनि बुझाए।

कार्यक्रमका अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, सांसद सुहाङ नेम्वाङ लगायतको सहभागिता थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *