नोबेल साकोसमा साहित्यिक जमघट
विराटनगर । समाज र देशप्रति सन्देशमूलक युवा सर्जकहरूसहित साहित्यकार नोबेल साकोस शाखाको नियमित कार्यक्रममा सहभागी भएका छन् ।
त्यस अवसरमा उमेश लुइँटेल, प्रयाग न्यौपाने, बाबुराम पोखरेल, देवी पन्थी, हरि कट्टेल, चिरञ्जीवी काफ्ले, प्रिन्स प्रमोद ढकल, नवराज नवासिला, मधु पोख्रेल र विक्रम याक्खाले आफ्ना रचना सुनाएका थिए ।
सुरेशकुमार अग्रवाल, दोमी कामत, कर्ण सञ्जय र शिवनारायण सिंगलको बहुभाषिक रचनाले सबैलाई आकर्षित गरेको थियो । यसैगरी, भुपाल अधिकारी, ऋषि तिवारी, नानु मैया दाहाल, भरत गुरागाईं, जमुना पौड्याल, शान्ता भट्टराई, लक्ष्मी रायमाझी खड्का, चुणामणि घिमिरे लगायतले पनि रचना वाचन गरेका थिए ।
दाहाल प्रतिष्ठानको सभा हलमा मञ्जु घिमिरे दाहालको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष तथा खोटाङ सामाजिक सेवा मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी मर्सेली सहभागी थिए ।
यसैगरी, मधु पोख्रेल, बलराम पोखरेल, देवी पन्थी, चित्रप्रसाद दाहाल, बाबुराम पोखरेल, प्राज्ञ खेम नेपाली, छवि बैरागी, केशु विरही, उमानाथ भट्टराई, माया पौडेल, विक्रम याक्खालगायत सहभागी थिए ।

