सावित्राले गरिन् ह्याट्रिक
काठमाडौं । नेपालले एएफसी वुमेन्स एसियन कप छनोटमा शनिबार आयोजक उज्वेकिस्तानसँग खेलिरहेको छ । पहिलो हाफसम्म ३-१ ले पछाडि परेको नेपाल थियो ।
दोस्रो हाफको ३० मिनेट बित्दा नेपालले २ गोल थप्दै खेल ३-३ को बराबरी गरेको छ । उज्वेकिस्तान १० खेलाडीमा खेलिरहेको छ ।
नेपालबाट तीनै गोल कप्तान सावित्रा भण्डारीले गरेकी हुन् । उनले यसअघि लाओस र श्रीलंकाविरुद्ध पनि ह्याट्रिक गरेकी थिइन् ।
यो यस्तो खेल हो, जुन टिमले जित्यो उसले अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कपका लागि टिकट काट्नेछ ।
प्रतिक्रिया
