निजामती विधेयकमा चलखेलको छानबिन गर्न सभामुखको चासो

काठमाडौं । संघीय निजामती विधेयकमा व्यवस्था गरिएको ‘कुलिङ अफ पिरियड’ मा भएको चलखेलका विषयमा छानबिन गर्न सभामुख देवराज घिमिरेले परामर्श सुरु गरेका छन् ।

विधेयकलाई संसदमा पेश गर्दा मूल मर्म भत्काउने गरी तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयलगत्तै सभामुखले छानबिन समितिबारे परामर्श सुरु गरेका हुन् ।

समिति सभापति रामहरि खतिवडाले बैठकका निर्णयबारे मौखिक जानकारी गराएका थिए । सभामुख घिमिरेले खतिवडासहित एमाले मुख्य सचेतक महेशकुमार बर्ताैला, कांग्रेस प्रमुख सचेतक श्यामुकमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियारसँग परामर्श गरेका हुन् ।

सभामुखले छानबिन समितिको मोडालिटी र टीओआरबारे छलफल गरेको जनाइएको छ । नेताहरूले प्रधानमन्त्री देशबाहिर रहेकाले उनी फर्केपछि प्रमुख दलका शीर्ष नेताहरूसँगको समेत परामर्शमा समिति गठन गर्न सुझाव दिएका छन् ।

संसदका महासचिव पद्मप्रसाद पाण्डेयले सचिवालय सचिव (प्रशासन) डा. रोजनाथ पाण्डेलाई प्रशासनिक छानबिन र कागजात अभिलेखिकरणका लागि जिम्मेवारी दिएको जानकारी सभामुख घिमिरेलाई जानकारी गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *