मुगुमा फेरि भूकम्प

काठमाडौं । मुगुमा आज सोमबार पनि भूकम्प गएको छ । बिहान कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो ।

यसअघि हिजो आइतबार दिउँसो मुगुमा भूकम्प गएको थियो । २ बजेर ३४ मिनेटमा जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का जिमासहित आसपास क्षेत्रमा महसुस गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *