ट्रक र बोलेरो गाडी ठोक्किएर दुर्घटना
विराटनगर । ओखलढुंगाको ठाडे भन्ने स्थानमा हाज बिहान ट्रक र बोलेरो गाडी ठोक्किएर दुर्घटना भएको छ ।
सोलुखुम्बुको नेचासल्यान फेदीबाट ओखलढुंगातर्फ जाँदै गरेको ना-१-ज-४८०५ नम्बरको बोलेरो गाडी विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको हो ।
प्रहरीका अनुसार बोलेरोको अगाडिको भाग क्षतिग्रस्त बनेको छ । गाडीमा कति जना सवार थिए भन्ने खुलेको छैन । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया
