मृत्यु भइसकेका १६ जनाको नाममा वृद्धभत्ता निकासा !
एआई सिर्जित प्रतीकात्मक तस्बिर
खोटाङ। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा मृत्यु भइसकेका १६ जनाको नाममा सामाजिक सुरक्षा भत्ता निकासा भएको खुलेको छ। आर्थिक वर्ष २०८०/८१ मा मृत्यु भइसकेकाको नाममा वृद्ध भत्ता निकासा भएको पाइएको हो।
महालेखा परीक्षण प्रतिवेदनका अनुसार मृत्यु भइसकेका १६ जनाको नाममा तीन लाखभन्दा बढी रुपैयाँ निकासा भएको हो। प्रतिवेदनअनुसार उक्त पालिकाको वडा १ मा तीन जना, २ मा चार, ३ मा एक, ४ मा दुई, ५ मा दुई, ६ मा एक र वडा ७ मा तीनका नाममा भत्ता निकासा भएको हो।
उनीहरुका नाममा कूल तीन लाख सात हजार ६ सय २५ रुपैयाँ निकासा भएको प्रतिवेदनमा उल्लेख छ। उक्त रकम फिर्ता लिई संघीय सञ्चित कोषमा दाखिला गर्नु पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतिक्रिया
